१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला/साहित्य


तिम्रो हलचलले यो मनमा…



 तिम्रो हलचलले यो मनमा पवन उड्यो बेगले

मनमा खुसी बोकेर आए मिठो मिलनको आशले

मनले धेरै सोचे मैले तिम्रो बारेमा सोचिरहे

मन लोभ्याउने त्यो बोली सम्झी मनलाई भुलाई रहे

 

कति बसु  कहिले हुन्छ हाम्रो रमाइलो भेटघाट

पाइला बढाए मैले  तिम्रो ठाउँमा पुग्न यही बाट

मनले केही नयाँ कुरा सोच्ने भयो कि

जादै गर्दा फर्केर हेर्‍यौ केही कुरा भन्नु थियो कि

 

सबै कुरा तिमि सँग भन्नुपर्ने  बुझेर

मुस्कुराएको छु म तिम्रो मुहार देख्न पाउँछु भनेर

मनै देखि मायाको तरङ्ग फैलिएको पाए

त्यो मनमा अनेक रहरै रहरहरू भेटाए

 

केही कुरा गर्नु छ एकान्तमा आइदेऊ

हिँड्दा हिँड्दा लड्न थाले लौन हात समाइदेऊ

मनको रहरहरू पुरा गर्न सकेको छैन मायालु तिमिलाई हेर्ने

तिम्रो हलचलले यो मनमा पवन उड्यो बेगले

 

गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ६ : ५३ बजे