आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले जनताको चाहना र अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्। बुधबार गृहजिल्ला रौतहटको गुजरा नगरपालिका–बलुवा टोलमा आयोजित ‘भ्रष्टाचारविरुद्ध अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुकमा सुशासन र पारदर्शिताको माग उच्च भए पनि त्यसअनुरूप काम नभएको बताए। उनले भने, ुदेशको हावा, पानी, जमिन, जनशक्ति र प्राकृतिक स्रोत–साधन राम्रो…