चन्द्रागिरि नगरपालिका पूर्णरुपमा बाल श्रममुक्त घोषण हुने चरणमा पुगेको छ । चन्द्रागिरि नगरपालिकाका १५ वडा मध्ये १४ वटा वडा बालश्रम मुक्त घोषणा भएका छन् । आइतबार चन्द्रगिरि नगरपालिका वडा नम्बर १ दहचोकलाई समेत बाल श्रममुक्त वडा घोषणा गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गरि १ नम्बर वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।…