१५ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


जहाज दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो



आइतबार बिहान पोखराको सेती नदीमा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु पुष्टि भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६ जनाको शव निकालिएको जानकारी दिएका हुन ।
उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । ‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न सकिएन ।’

खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ। यस क्षेत्रमा मृत्कको खोजी कार्य जारी रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १ : २१ बजे