१५ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


दुुर्घटनाका ६२ वटा शव निकालियो



कास्कीको पोखरा विमान दुर्घटनास्थलबाट अहिलेसम्म ६२ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो जनाएका हुन । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन्

सेतीको खोचमा शवहरु खसेकाले समयमै उद्दारका लागि निकै कठिनाई भएको बताईको छ । उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने भएको हो ।
६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेको हो ।

२९ जनाको शव अस्पतालमा लगिएको छ । खोंचमा आगो बलिरहेको र धुवाँ आइरहेका कारण उद्दारमा कठिनाई भइरहेको सुरक्षाकर्मीहरुले जनाएका छन् । अधिकाश शव पहिचान गर्नै नसकिने गरि जलेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ४ : १९ बजे