१६ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रदेश समाचार


पोखरामा २४ जना र काठमाडौंमा ४५ जनाको शव पोष्टमाटम



कास्कीको पोखरा पुगेको विशेषज्ञ टोलीले शव परीक्षण गर्न नसकिने भएपछि ४५ जनाको शव काठमाडौं लग्ने निर्णय गरेको छ । शव पहिचान र परीक्षणका लागि विशेष टोलीको निर्णयअनुसार २४ जनाको शवको पोखरामै पोष्टमाटम गरिने निष्र्कष निकालेको हो ।

आइतबार यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान सेती खोँचमा खसेको थियो । दुर्घटनामा ६९ जनाको शव भेटिएको छ । ३४ जनाको सनाखत भएको भएपनि १० जनाको काठमाडौं लगेर पोष्टमाटम गरिने स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

विदेशीहरूको शव पहिचान भएपनि पोखरामा गरेको नहुँदा काठमाडौं लैजानुपरेको भारतबाट शव लिन आइपुगेका एक आफन्तले बताए ।

प्रतिष्ठानका अनुसार त्रिभुवन पौडेल, निशान्त आचार्य, जीवनकला गुरुङ, प्रसिद्धि पौडेल, पुजन राना, पूर्णबहादुर गुरुङ, अरुण पौडेल, संगिता शाही, सदाकत अलिमिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, समिन गुरुङ, शालिकराम आचार्य, डा. गनेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सन्दिप श्रेष्ठ, अनुशा गुरुङ, शिवकुमार गुरुङ र सविर्ण श्रेष्ठको शव पोखरामै परीक्षण गरिने भएको हो । चालक दलका सदस्य, विदेशी नागरिक र पहिचान नखुलेका शव काठमाडौंमा पोष्टमाटम गरी आफ्न्तलाई जिम्मा लगाइने भएको हो । सेतीका खाँेचमा अझै ४ जनाको शव खोजी कार्य भैरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ३३ बजे