२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


घोराही उपमहानगरपालिको संक्षिप्त परिचय



नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने दाङ जिल्लामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । चुरे र महाभारात पर्वतले घेरेको एसिया कै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वि भाग र केही पहाडी इलाकामा फैलिएर कुल ५२२.२१ बर्ग किलोमिटर क्षेत्रफल रहेको उपमहानगरपालिकाको पूर्वमा बंगलाचुली गाँउपालिका, पश्चिममा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ । घोराही उपमहानगरपालिकाका ३५ हजार ४ सय १९ घरधुरीमा गरी कूल जनसंख्या १ लाख ५६ हजार १ सय ६४ रहेको छ । जस्मा ४६.३२ प्रतिशत पुरुष छन भने ५३.६८ प्रतिशत महिला रहेका छन । विविधतापूर्ण जातीय पहिचान रहेको घोराही उपमहानगरपालिकामा खस आर्य, दलित, जनजाति, मधेसी, मुस्लिम आदिको बसोबास छ । जनसंख्याको दृष्टिकोणले २५.४९ प्रतिशत थारु , २३.७० प्रतिशत क्षेत्री, १७.४८ प्रतिशत मगर तथा १२.७८ प्रतिशत ब्राह्मण बसोबास गर्छन भने बाकिँ अन्य जातिका छन । घोराही उप-महानगरपालिकाको जनसंख्याको ७१.५१ प्रतिशतले नेपाली , २३.४७ प्रतिशतले थारु, २.२० प्रतिशतले खाम, अन्यले १०.८२ प्रतिशले मगर भाषा र केहिले अन्य (अवधी, गुरुङ आदि) भाषा बोल्दछन् । घोराही उपमहानगरपालिकामा ८५ वटा सरकारी तथा ३० वटा निजी गरी कुल १ सय १५ शिक्षण संस्था रहेका छन् । ७३.५८ प्रतिशत कुल साक्षरता दर रहेको उपमहानगरपालिकामा ८२.१५ प्रतिशत पुरुष साक्षर छन् भने ६६.३३ जना महिला साक्षर रहेका छन् । नेपाल सरकारको २०७३ साल फाल्गुन २२ गतेको निर्णयअनुसार साविक घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सौडियार गा.वि.स., सैघा गा.वि.स., धर्ना गा.वि.स., रामपुर गा.वि.स. र लक्ष्मीपुर गा.वि.स. समायोजन भई घोराही उपमहानगरपालिकामा परिणत भएको हो ।
https://ghorahimun.gov.np/ne

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : २० बजे