१५ असार २०८२, आइतबार | Mon Jun 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


तुलसीपुर उपमहानगरपालिका संक्षिप्त जानकारी



तुलसीपुर उपमहानगरपालिका विश्वमानचित्रमा उत्तरी गोलाद्धमा अवस्थित रहेको छ भने नेपालको पश्चिमी भेगमा रहेको दाङ जिल्लामा पर्दछ । तुलसीपुर उपमहानगरपालिकाकोअधिकांश भुभाग समथर
जमिन र केही क्षेत्र पहाडि भुभागको रुपमा रहेको छ । यसको करिब ७० प्रतिशत भुभाग दाङ उपत्यकाको समथर भुभागमा रहेको छ । दाङ जिल्लामा रहेका १० स्थानिय तहमध्ये तुलसीपुर उपमहानगरपालिका पनि एक हो । तुलसीपुर उपमहानगरपालिका क्षेत्रफलको हिसाबमा नेपालको दोस्रो ठुलो उपमहानगरपालिका हो ।
थारु भाषामा बस्तीलाई पुर्वा भनिन्छ । यही तुलसी पुर्वा लाई पर्वतेहरुले भन्नुपर्दा तुलसीपुर भन्ने गर्दथे भने थारुहरुले तुलसीपुर्वा भन्दथे । यस ठाँउमा थारुहरुको बोलवाला हुँदासम्म तुलसीपुर्वा भनिन्थ्यो भने
पर्वतेहरुको बोलवाला हुन थालेपछि यस ठाँउको नाम तुलसीपुर रहन गयो ।

profile of tulsipur dang
https://tulsipurmun.gov.np/

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ४२ बजे