३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णाली


उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने



देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भुभागमामा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको बताइएको छ। देशको तरार्इका भू(भागका केही स्थानमा हुस्सु लाग्ने भएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू(भागहरुका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको अनुमान गरिएको छ। यो क्रम राति पनि जारी रहने छ ।

देशको उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपात तथा तराईका भू(भागहरूमा हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : २६ बजे