१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी

माघे संक्रान्तिमा जैमिनीमा मेला लाग्ने (भिडियोसहित)


माघे संक्रान्तिको दिन ुजैमिनी नगरपालिकाको कालीगण्डकी नदिको पवित्र धार्मिक तिर्थस्थलमा मेला लग्ने भएको छ । यस क्षेत्रमा विहान तोरणसंगै जैमिनीधाम धाममा विविध झाकीसंगै मेला लाग्ने भएको हो । सहारा युवा क्लब कुश्मीसेरा, जैमिनी संस्कतिक समूह र जैमिनी संस्कृत पाठशालाको संयुक्त पहलमा पूर्वीय दर्शन मिमांसाका प्रवर्तक जैमिनी ऋषिको तपोभूमि जैमिनीधाममा यही माघ १ गते ऐतिहासिक रुपमा हुने अनुष्ठान तथा शालिग्राम गर्भा श्रीकृष्णगण्डकीमा भव्य रुपमा भजन कीर्तन सहित तोरण तारिने कार्यक्रम रहेकोले छ । सो दिन विहान सेराबजारदेखि जैमिनीधामसम्म बाजागाजा, भजनकीर्तन एवं विभिन्न साँस्कृतिक झाँकी सहित सो कार्यक्रममा सक्रिय सहभागिताको लागि समस्त श्रद्धालु भक्तजनका साथै पर्वतको फलेवास नगरपालिकाबाट समेत मेलामा सहभागि हुने छन् । करिव साढे दुुई दशक बर्ष यस क्षेत्रमा ठुलो मेला लाग्ने गरेको भएपनि प्रहरी निरिक्षकको हत्या भएपछि मेला लाग्न छाडेको हो ।