२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रास्वपा सांसदले झण्डै आधा तलव लेवी दिनुपर्ने



राष्ट्रिय स्वतन्त्र पार्टीले तलवको झण्डै आधा तलव लेवि उठाउने भएको छ । कुनै बेला सांसदबाट मासिक लेबी उठाउने एमालेलाई समेत पछि पारेको हो ।

प्रतिनिधिसभा सांसदको नियमित तलब ६७ हजार र भत्तागरी करिब एक लाख रुपैयाँ पुग्ने गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने तलबको झन्डै आधाजति अर्थात् २५ हजार रुपैयाँ मासिक लेबी उठाउने भएको हो ।

क्षमताभन्दा बढी लेबी तोकिएको भन्दै केही सांसदले असन्तोष समेत जाहेर गर्न थालेका छन् । पहिलो पटक संसदमा प्रवेश गरेको यस पार्टीले सबै सांसदको रकम बाट पार्टी काममा खर्च गर्ने भएको हो ।
यता एमालेले यसअघिको प्रतिनिधिसभा कालमा सांसदहरुबाट प्रतिमहिना १३ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो। कांग्रेसले मासिक १० हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । दुवै ठूला दलले यसपल्ट भने लेबी शुल्क तोक्न बाँकी छ ।

यस्तै माओवादी केन्द्रले अघिल्लो संसदकालमा मासिक १२ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । यसपल्ट पनि सोही कायम हुने माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसदलाई मासिक १५ हजार रुपैयाँ लेबी उठाउने गर्छ ।

जसपाले यसअघिको संसदमा मासिक १० हजार उठाउँथ्यो । नयाँ सांसदलाई कति उठाउने भन्नेबारे निर्णय छिट्टै हुने पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

एकीकृत समाजवादीले सांसदबाट मासिक १२ हजार रुपैयाँ लेबी उठाउँछ । सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म यसबारे निर्णय गरिसकेको छैन । पार्टीको संसदीय दल तथा कार्यकारिणीले यसबारे सोच्ने छ ।
यता राष्ट्यि जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीले आफ्नो तलव पार्टीको तजविजीमा मात्र खर्च गर्न पाउने व्यवस्था गरेको हो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : १९ बजे