३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking

पत्रकार त्रिभुवन पौडेलको सम्झनामा महासंघको कार्यक्रम (भिडियोसहित)


नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पत्रकार त्रिभुवन पौडेलको १३ औं पुष्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघले दिपप्रज्वलन गरी स्मरण कार्यक्रम सम्पन्न गरेको छ । माघ १ गते एती विमानको जहाज दुर्घटनामा परि ज्यान गुमाएका पौडेलसहित ७२ जनाको सामुहिक रुपमा दिपप्रज्वलन गरिएको हो । सञ्चारग्राममा सहभागी पत्रकार तथा महासंघका अध्यक्ष, पदाधिकारी, पूर्व अध्यक्ष तथा सरोकारवाला निकायका प्रतिनिधिहरु समेत सहभागी भएका हुन । उनी पत्रकारीतासंगै समाजसेवामा समेत निकै सक्रिय थिए ।

पर्वतको आर्थरमा जन्मिएका पौडेल सानै उमेर देखि पोखरा बस्दै आएका थिए । विद्यालय उमेर देखिनै पत्रकारिता सुरु गरेका पौडेल तत्कालिन अर्थ मन्त्री कृष्ण बहादुर महराको प्रेस विज्ञको रुपमा भूमिका समेत निर्वाह गरेका थिए । प्रेस सेन्टर नेपालका उपाध्यक्ष समेत रहेका ३७ वर्षिया पौडेलका आमा, श्रीमती एक छोरा एक दाजु र २ दिदी बहिनी छन् । उनको सेवालाई सम्झीरहन केही दिगो काम गर्नुपर्ने सुझाव समेत आएका छन् । श्रद्धाञ्जली कार्यक्रममा पौडेललाई कसले कसरी सम्झिए पुरा भिडियोमा