३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवनशैली


वरिष्ठ नेत्र चिकित्सक रुइत सम्मानित



वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिले अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा। रुइतलाई कदरपत्रसहित अभिनन्दन गरेको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शनिबार उनलाई सम्मान गरे । उनले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मिहिनेत र क्रियाशीलताका कारण उनले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताए ।

स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा। रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने बताउँदै उनले सरल स्वभावका रुइतको सुखमय जीवन र थप प्रगतिको कामना गरे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गरेका डा। रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराएको बताए । काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले रुइतको सामाजिक विकास तथा मानवीय सेवाको भावना अतुलनीय रहेको बताए । रुइतले हालै बहराइनबाट दिइने १३ लाख अमेरिकी डलरबराबरको पुरस्कार इशा अवार्ड प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय तहमा ठूलो पुरस्कार प्राप्त गर्ने रुइत पहिलो नेपाली हुन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ३१ बजे