कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयर यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले यहि साता शेयर बाँडफाँट हुने जनाएको हो ।
बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट दुई÷दिन भित्रै प्रिअलटमेन्ट सकाएर यहि साता शेयर बाँडफाँट गर्ने जनाएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाउनेछन् ।
प्रतिक्रिया