३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पूर्वअर्थ सचिव रामेश्वर खनालले विवाह गरे



पूर्वअर्थ सचिव रामेश्वर खनालले विवाह गरेका छन् । खनालले सरीता शर्मासँग सँगै जीवन बिताउने (विवाह) निर्णय गरेका हुन । खनालको जोडिलाई पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमा यो जोडीलाई हार्दिक बधाई तथा शुभकामना भन्दै लेखेका छन् । झण्डै ६ दशकभन्दा बढि उमेर पुुगेका खनालले यो दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् ।

चार वर्षअघि खनालकी श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए । खनालकी एक छोरी छन् । सरिता शर्मा पोखरेलको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । उनको पनि एक छोरी रहेकी छन् ।
खनालकी छोरी भारतको नयाँ दिल्लीमा बसेर अध्ययन अनुसन्धान गरिरहेको परिवारजनले बताएका छन् । रामेश्वर खनाल नेपाल सरकारका पूर्व अर्थ सचिव हुन्। उनी एक इमान्दार र कुशल कर्मचारीका रूपमा चिनिन्थे। यिनले रहस्यमय तरिकाले आफ्नो पदबाट राजिनामा गरेका थिए । तत्कालिन अर्थ मन्त्री स्वर्गीय भरतमोहन अधिकारीको समयमा राजिनामा गरेका हुन । खनाललाई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । यो लेखले तपाइँको मनपर्ने उल्लेख गर्दछ hats सुपर कम मूल्यहरूमा समान-दिन डेलिभरी, ड्राइभ-अप डेलिभरी वा अर्डर पिकअपबाट छनौट गर्नुहोस्।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : १९ बजे