३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


दीर्घ रोगीलाई नगरपालिकाले मासिक दुई हजार दिने



भेरीगंगा नगरपालिका सुर्खेतले दीर्घ रोगीलाई मासिक दुई हजार दिने भएको छ । नगरपालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरूलाई उपचार खर्च स्वरूप मासिक दुई हजार दिने निर्णय भएको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो ।

उक्त रोग भएका पीडितहरूले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवश्यक कागजातसहित नगरपालिकामा सम्पर्क गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : १४ बजे