१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ



आफ्नै आमा ७१ वर्षीया लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका-६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लगनीको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित देउराली सामुदायिक वनबाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : १७ बजे