२५ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रवि लामिछानेको राहदानी विवादमा अनुसन्धान गर्न काठमाडौँ प्रहरीमा उजुरी



राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको राहदानीबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले मंगलबार काठमाडौँ प्रहरी प्रमुख एसएसपी दान बहादुर कार्कीलाई भेटेर उजुरी दिएको जनाएका छन् ।

खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न पौडेलले माग गरेका छन् । तर, प्रहरीले उनको जाहेरी दर्ता गरेको छैन । नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।

पौडेलले अध्यागमन विभागमा पनि उजुरी दिएका छन् । लामिछानेले २०७० साल ९सन् २०१४०मा अमेरिकी नागरिकता लिएपछि उनको नागरिकता कानुन अनुसार निष्क्रिय भएको थियो । २०७५ मा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर उनले पुरानो नागरिकता आफूखुसी चलाएका थिए ।

सर्वोच्चको फैसला अनुसार उनले फेरि नागरिकता लिए । तर, उनको पासपोर्ट सम्बन्धी विवाद टुङ्गो लागेको छैन । २०७२ जेठ १३ मा उनले लिएको पासपोर्ट ‘विवादित’ छ । यद्यपि उनले सोमबार माघ १५ मा सो पासपोर्ट राहदानी विभागलाई फिर्ता गरेका छन् ।

अमेरिकी नागरिक छँदै रविले लिएको भनिएको पासपोर्टबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकतासँगै राहदानीबारे पनि छानबिन गर्न मङ्सिर १५ मा जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो । त्यसअघि नागरिकता र राहदानीबारे गृह मन्त्रालयमा उजुरी परेको थियो । नागरिकता पुनः कार्यम भएपछि तत्कालै मन्त्री हुनुपर्ने उनको दाबी छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : २५ बजे