१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


बालिका बलात्कार गर्ने ७३ वर्षीया बृद्धालाई जन्मकैदको फैसला



नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले ७३ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका१० का एक वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको हो ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाइएको छैन ।

वि।सं। २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरी तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ ।

श्रेस्तेदार कुँवरले भने, आरोपितमाथि तीनवटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुईवटा मुद्दामा पनि कसुर ठहर भएको छ । तर सजाय निर्धारण भने बाँकी छ ।ु

वि.सं. २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा १७ पटक पेसी चढेको थियो । आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ३५ बजे