१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाटै



नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ। निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनमार्फत काट्न सक्ने भएका छन्।

‘नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्ण रूपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निगमले आगामी दिनमा अन्य वालेट तथा वेबसाइटमार्फत पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ। निगमले दुर्गम र विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ।

‘आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : ०६ बजे