३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवनशैली


पत्रकार गुरुङको पहलमा अग्नि पीडितलाई छाना



पत्रकार डण्ड गुरुङको पहलमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ शिध्देडाँडा निवासीका अग्नि पीडितको छाना छाउन जस्ता पाता जुटेको छ । शिध्देडाँडा निवासी चेत प्रसाद न्यौपानेको घर माघ १२ गते जलेर नष्ट भएको थियो । शारीरिक रूपमा अपांगता रहेका न्यौपानेको घरमा आगलागी हुदाँ सबै जलेर नष्ट भएपनि माटाका गारा मात्रै बाँकी थिए । केही ममर्त गरेर बारबेर भएपनि जस्ता पाताको अभावमा छाउने समस्या भएपछि पत्रकार गुरुङ कै पहलमा जस्ता पाता हस्तान्तरण जुटेका हुन ।
विभिन्न सहयोगी मनहरुसंगै जस्ता पाता बोकेर पीडितकोमा पुुगेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै गुरुङले लेखेका छन्, उनलाई सहयोगको खाँचो थियो । त्यसैले हामीले उहाँलाई घर छाउन ४ बन्डल जस्तापाता उपलव्ध गराएका छौं । यो सहयोग उपलव्ध गराउन समन्वयात्मक सहयोग गर्नुहुने समाजसेवी आदरणीय दाइ उज्ज्वल विक्रम थापा, त्यहाँसम्म लैजान गाडी प्रवन्ध गर्नुहुने प्रिय भाइ डम्बर बिक, ठाडै उकालो भएनि जस्तापाता बोकेर घरसम्म पुर्याउन सघाउनुहुने डुडभन्ज्याङबासी र स्थानीय नेतालगायत अहिलेसम्म सहयोग अभियानमा जोडिनुहुने सबै सहृदयी महानुभावहरूमा हार्दिक धन्यवाद ।
जस्ता छाउनका लागि नेकपा एमाले गोलञ्जोर गाउँपालिका कमिटीले २२ हजार रुपैयाँ नगद सहयोग गरेको छ। जस्तापाता हस्तान्तरणमा सहजिकरण गर्नुहुने गोलञ्जोर गाउँपालिका वडा नं १ का श्रद्धेय अध्यक्ष सोम बराल, वडा नं ७ का श्रद्धेय अध्यक्ष तथा पालिका प्रवक्ता रेगन थापा, एमाले गोलञ्जोरका सचिव निर्मल रम्तेललगायत सबैप्रति धन्यवाद दिन चाहन्छु । सहयोग अझै जरूरी छ, सबैले सहयोग गरिदिनुहुन अनुरोध छ ।

पत्रकार डण्ड गुरुङले आफ्नो जिल्लाका साथै विभिन्न क्षेत्रमा समस्या परेकाहरुलाई सक्दो सहयोग गर्दै आएका छन् । पत्रकारिता संगै समाजसेवालाई समेत निरन्तरता दिएका पत्रकार गुरुङ एबीसी टेलिभिजनमा आवद्ध छन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : ०९ बजे