८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


माओवादीले पार्टी सुदृढीकरण अभियान चलाउने



नेकपा माओवादी केन्द्रले दुई महिने अभियान चलाउने भएको छ । पार्टीको शनिबार बसेको स्थायी समिति बैठकले फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरू बस्ने र रिपोर्ट तयार गर्ने बैठकले निर्णय गरेको छ । चुनावको विषयमा पनि समीक्षा गर्ने बारे ठाउँठाउँमा अन्तर्घात भएकाले जनताकोमा गएर रिपोर्ट तयार गर्ने पनि बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

फिल्डबाट तयार भएका रिपोर्टहरू केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने र त्यसअनुसार नै पार्टी अघि बढ्ने प्रवक्ता महराको भनाई छ । उनले भने, ‘सुरुका दिनमा अध्यक्ष र अन्य केही कमरेडहरूले केही प्रस्ताव राख्नुभयो, त्यसको छलफलमा नेताहरूले भाग लिनुभयो । त्यसका आधारमा हामीले विभिन्न समयमा हुने समूहमा होमवर्क गर्‍यौँ । आज यसको निष्कर्ष निकालेका छौँ । २ महिनापछि केन्द्रीय समितिको बैठक बस्ने, सम्पूर्ण निर्णय केन्द्रीय समितिले गर्ने भन्ने निर्णय भयो । माघको २६ गतेदेखि ५ गते भित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने, र त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने निर्णय भएको छ । अध्यक्ष प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीका रूपमा केही निर्देशन र केही वक्तव्यहरू छन्, त्यसलाई तल लैजाने निर्णय गरेका छौँ । हाम्रो पार्टी २६ गतेदेखि फिल्डमा जान्छ ।’

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : २६ बजे