१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


गण्डकी प्रदेशस्तरिय भलिवल प्रतियोगितामा फलेवास प्रथम



सातौं पर्वत महोत्सवको अवसरमा पर्वतको कुश्मा बजारमा आयोजित गण्डकी प्रदेशस्तरिय भलिवल प्रतियोगितामा पर्वतको फलेवास नगरपालिका प्रथम भएको छ । दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशका पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगितामा फलेवास नगरपालिकाका खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गरी इतिहास रच्दै प्रथम स्थान हासिल गर्न सफल भएको हुन ।
प्रथम भएको अवसरमा फलेवासका नगरप्रमुख गंगाधर तिवारीले हामी अत्यन्तै हर्सित भएका छौं । फलेवासलाई भलिबलका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउन खेलाडीहरुले प्रदर्शन गरेको यो कुशलता र सर्वश्रेष्ठताप्रति उच्च सम्मान गर्दै सम्पुर्ण खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन समेत गरेका छन् । साथै आगामी दिनमा पनि भलिबल क्षेत्रमा अझै उत्कृष्ठ प्रदर्शन गर्दै फलेवासलाई भलिबलको क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन उत्प्रेरणा मिलोस् भन्ने खेलाडीहरुलाई हौसला प्रदान गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : ३९ बजे