राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आकस्मिक बैठक सुरु भएको छ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको हो । बिहीबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकपछि रास्वपाले गृह मन्त्रालयबारे निर्णय लिन २ दिनको समय दिएको थियो। सो समयसीमा आजबाट सकिँनै लाग्द बैठक बसेर थप निर्णय गर्ने भएको हो ।
त्यसअघि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् । लामिछानेले आजै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए । यो पार्टीलाई गृहमन्त्रालय दिन नसकिने प्रचण्डले स्पष्ट पारीसकेका छन । रास्वपाले गृह मन्त्रालय बाहेकमा सरकारमा बस्ने वा नबस्नेमा निर्णय लिने छ ।
रास्वपाका एक नेताका अनुसार बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय हुनेछ।
प्रतिक्रिया