२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


कीर्तिपुर नगरपालिका परिचय



नेपालको इतिहासमा कीर्तिपुर एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते तत्कालिन आठ गा.वि.स. हरु (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर नगरपालिका ऐन, २०४८ अनुसार गठन भएको हो ।

मल्ल कालदेखि नै कला र संस्कृतिले धनी यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

कीर्तिपुर शहर व्यावसायिक रुपले भन्ने हो भने विभिन्न औद्योगिक कलकारखानाको साथै सडक यातायत, बजारको व्यवस्था, खानेपानी, विजुली, सञ्चारका साथै नेपालकै सबै भन्दा पुरानो शिक्षण संस्था त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा पर्दछ । कीर्तिपुर शहरको उत्तरमा काठमाडौं महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा वागमती नदी र ललितपुर महानगरपालिका, पश्चिममा चन्द्रागिरी नगरपालिका पर्दछ ।

यस कीर्तिपुर नगरपालिकाको कूल क्षेत्रफल १४.७६ वर्ग कि.मी. छ भने २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कीर्तिपुरको कूल जनसंख्या ६५६०२ जना छन् भने जसमा पुरुषको संख्या ३६४७६ (५५.५० प्रतिशत) र महिलाको संख्या २९१२६ जना (४४.५० प्रतिशत) रहेको छ । कीर्तिपुर नगरमा कीर्तिपुर लगायत पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँ बजार र भत्क्यापाटी आदी प्रमुख स्थान रहेका छन् । यस शहरको अधिकांश भाग कृषि क्षेत्र र जंगलले ढाकेको छ ।

यस नगरमा सडक तथा गल्लीहरुको स्थितिका बारेमा भन्ने हो भने उल्लेखनिय विकास भएको पाईदैन । जसमा कालो पत्रे सडक ३५ कि.मी., ग्राभेल सडक ४० कि.मि., कच्ची सडक ३५ कि.मी. रहेको छ । कीर्तिपुर नगरपालिकाले काठमाण्डौ रिङ्गरोडलाई उत्तर पट्टी छोएको छ भने दक्षिणकाली जानेमा एक किलोमिटर भन्दा पनि कम फरकमा रहेको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसाँस्कृतिक सम्पदाले भरिपुर्ण यस नगरपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धरोहरले सम्पन्न छ । यहाँका बासिन्दा सबै भन्दा बढि कृषि पेशामा निर्भर रहेको देखिएता पनि अधिकांश ज्याला मजदूरीका अलावा घरेलु उद्योग, पसल-व्यवसाय आदि सञ्चालन गरी जिविकोपार्जन गर्दै आईरहेको पाईन्छ । यो नगर खुल्ला दिसामुक्त, पुर्ण साक्षर र पुर्णखोपयुक्त घोषणा भईसकेको नगरपालिका हो ।https://kirtipurmun.gov.np/ne/node/3

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : २९ बजे