३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्व


सिक्किमका नेपालीभाषीलाई प्रवासी भनेको शब्द अदालतले सच्‍याउने



भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याउने भएको छ । आयकर समबन्धि विवादमा भारतको सर्वोच्च अदालतले करिब एक महिना अघि सिक्किमका नेपाली भाषीलाई विदेशी मूलका नागरिक भनेको भन्दै आन्दोलन भएको थियो ।

सर्वोच्चको फैसलाविरूद्ध सिक्किममा पछिल्लो समय आन्दोलन चर्किएको छ । सिक्किम राज्य सरकारले नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउन माग गर्दै रिट हालेको हो । रिटमाथि न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउने भएको हो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : ५० बजे