४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंक



यही शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । केन्द्रिय बैंकको शुक्रबार नै सञ्चालक समितिको बैठक बसेर दिउसो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने भएको हो ।

सकेसम्म शुक्रबार नै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको राष्ट्र बैंकका एक उच्च कर्मचारीले जानकारी दिए । ‘अहिलेसम्म शुक्रबार ल्याउने तयारी भइरहेको छ, कदम कदाचित सकिएन भने आइतबार त पक्कै आउछ’ उनले भने ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि माघ २० गतेसम्म सरोकारवालाहरुसँग सुझाव मागेको थियो । सरोकारवालाहरुबाट सबै सुझाव आइसकेकोले मौद्रिक नीतिको समीक्षाको लागि राष्ट्र बैंक जुटेको छ ।

मौद्रिक नीतिको समीक्षामा व्यवसायीहरुले तरलता सहज बनाउने र महँगिएको ब्याजदरलाई घटाउने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन् । अहिले ब्याजदर अत्याधिक महँगो भएको हुँदा त्यसले व्यवसायीलाई समस्यामा परेकोले ब्याजदर घटाउने नीति लिनुपर्ने सुझाव दिएका छन् ।

यता शेयर बजारका लगानीकर्ताले पनि शेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँको सिमा हटाउनुपर्ने, जोखम भार घटाउनुपर्ने सुझाव दिएका छन् । यी सुझावमा राष्ट्र बैंक सकारात्मक देखिएको छ ।

केहि दिनमात्रै गभर्नर महाप्रसाद अधिकारीले समेत अर्थतन्त्रमा सुधार हुँदै गएकोले अफ्ठयारो अवस्थामा लिइएका नीतिहरुलाई विस्तारै परिवर्तन गर्दै जान सकिने बताएका थिए । यसले गर्दा पनि यसपटक दोस्रो त्रैमासिक समीक्षामा केन्द्रिय बैंकले सकारात्मक नीति लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : १५ बजे