११ असार २०८२, बुधबार | Thu Jun 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेश


प्रहरी चौकीअगाडि वृद्धको कुुटीकुटी हत्या, चौकीका प्रहरी सबै तानिए



मधेश प्रदेशको महोत्तरी जिल्लामा प्रहरी चौकीअगाडिकै चोकमा विवादपछि कुटपिट हुँदा एक वृद्धको हत्या भएको छ। जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पतैलीचोकमा सोही ठाउँनिवासी ७५ वर्षीय हरिदेव राउतलाई उनकै नातामा काका पर्ने ६८ वर्षीय सुरेन्द्र राउतले कुटपिट गरी हत्या गरेका हुन ।

दुई वर्ष पहिलेदेखि जग्गासम्बन्धी विवाद रहेको र अहिले त्यही विवादले अचानक झगडाको रूप लिएपछि कुटपीत हुदाँ मृत्यु भएको हो । दुुईजना बीचको विवाद बढ्दै जाँदा सुरेन्द्रले हरिदेवमाथि कुटपिट सुरु गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको कुटपिटबाट सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सबै घटनाक्रम प्रहरी चौकीअगाडि नै भएकोले प्रहरीले स्थिति नियन्त्रण लिन पहल नगरेको भन्दै स्थानीयले चौकीअगाडि धर्ना दिएका थिए। यता जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले घटना मुचुल्का उठाई शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ भने कुटपिट गरेर मानिस मारेको आरोपमा प्रहरीले सुरेन्द्रलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तोषकुमार पोखरेलले घटनाको अनुसन्धान भइरहेको जनाएका छन। उनको अनुसार प्रहरी चौकीअगाडि भएको घटनासम्बन्धी अनुसन्धान गर्न चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानिएको जनाएका छन।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ५७ बजे