८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएपछि शुक्रबार बस्ने भएको हो ।

संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयन्त्रका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो । सो भेटवार्तापछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिनेक्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार बिहान ९ बजे बस्ने जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलो पल्ट बस्न लागेको संयन्त्रको बैठकलाई चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ६ : ४७ बजे