पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। विशेष अदालतले उनलाई यसअघि ३० हजार रुपैयाँ धरौटिमा छाडेको थियो।
उपाध्याय तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदै उनीविरूद्ध न्याय परिषद्मा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेको थियो। विशेष अदालतका न्यायाधीशहरु (सदस्यहरु) यमुना भट्टराई, बलभद्र बास्तोला र डा खुसीप्रसाद थारुको इजलासले बिहीबार उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला दिएको प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए। न्याय परिषदले उनीमाथि छानबिन गरेर कारबाही सिफारिस गरेको थियो।
प्रतिक्रिया