८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरवारमा वार्ता



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उच्चस्तरीय संयन्त्रको बैठक अघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ता भएको हो। भेटमा सुदुरपश्चिम प्रदेस सरकारलाई बिश्वासको मत दिन सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीलाई मनाउने विषयमा छलफलभएको छ ।

यस्तै दुवै नेताले बर्तमान सत्ता गठबन्धन टुटाउन नहुने साझा निश्कर्षसहित अन्य दलसँग पनि छलफलसहित सहकार्य गर्दै अघि बढनेविषयमा छलफल गर्नुभएको छ । भेटमा सरकार सञ्चालन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएकोप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते र उपराष्ट्रपति निर्वाचन चैत ५ गते हुँदैछ । सरकार गठनका बेला एमाले र माओवादीकेन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ७ : ३३ बजे