३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्रणय दिवसमा गुलावको फूल आयातमा प्रतिवन्ध



प्रणय दिवस अथार्त ‘भ्यालेन्टाइन डे’ नजिकीएको छ । मुलुकमा आर्थिक परिसूचकहरु कम्जोर भैरहेको समयमा सरकारले प्रणय दिवसमा प्रयोग हुने गुलावको फूलमा प्रतिवन्ध गरेको छ । सरकारले विदेशबाट ताजा गुलाबको फूल ल्याउन रोक लगाएको हो । कृषि मन्त्रालयले एक सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको सूचना निकालेको हो ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मातहतका नाका कार्यालयहरुलाई आयात अनुमति जारी नगर्न भनेको निर्देशन दिएको हो ।

नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयका कार्यालयलाईहरु पत्राचार गर्दै केन्द्रले विशेष कारण भन्दै गुलाबको फूल आयातमा रोक लगाएको जनाएको छ ।

यो सूचनासँगै पूर्वको काँकडभिट्टादेखि पश्चिमको गड्डा चौकी र उत्तरका कुनै पनि निकाबाट गुलाब आयात गर्न पाइने छैन । ‘केन्द्र मातहतका सबै कार्यलयहरुबाट विशेष कारणले अर्को व्यवस्थमा नभएसम्म गुलाबको फूल आयात अनुमति जारी नगर्न हुन अनुरोध गरिन्छ।’ परिपत्रमा भनिएको छ ।

प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले भने वनस्पतिजन्य रोगको जोखिमका कारण आयातमा तत्कालका लागि रोकिएको जनाएको छ । केन्द्रले यसलाई रोकिएको भन्दा पनि होल्ड गरिएको भनेर बुझ्न आग्रह गरेको छ । विरुवाजन्य चीजमा रोग र किराको सम्भावना भएपछि तत्काल आयातलाई रोकिएको हो ।

नेपालमा गुलाब र अन्य विरुवामा रोग आउने जोखिम देखियो । जोखिम अध्ययन पनि नभएका कारण अहिलेलाई रोकिएको हो’ उनले भने । यसबारे प्राविधिक समितिको बैठक बाँकी नै रहेकाले त्यसपछि मात्रै थप निर्णय हुने आचार्यले बताए ।

भन्सार विभागको विवरणअनुसार आर्थिक वर्षको पुससम्म नेपालले १३ लाख ३३ हजार रुपैयाँ बराबरको १० हजार ६१२ किलो गुलाबको फूल आयात गरेको छ ।

प्रणय दिवस आसपासमा नेपालमा झण्डै तीन लाख थान गुलाबको फूलको खपत हुन्छ । नेपालमा झण्डै २० हजार थान मात्रै गुलाबको फूल उत्पादन हुने गरेको तथ्यांक छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ०७ बजे