९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मजदुरको आन्दोलन नियन्त्रण गर्न उपत्यका गण र गुल्मका सशस्त्र प्रहरी परिचालन



राजधानी बालाजुको माछापोखरीमा यातायात मजदुरहरूले गरेको प्रदर्शन नियन्त्रणमा गर्न सशस्त्र प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीले स्थितिलाई नियन्त्रण गर्न नसकि आन्दोलन अराजक भएको भन्दै गण नम्बर–१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ भन्दा बढी सशस्त्र प्रहरी बालाजुमा भएको प्रदर्शन नियन्त्रणमा खटिएको हो । अहिले माछापोखरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई हटाएको छ । अवस्था सामान्य बन्दै गएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठको दाबी छ ।

यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो पिकअप यातायात मजदुरले आगजनी गरेका छन् । प्रहरी वृत्त बालाजुको बा. १ झ ७२२४ नम्बरको गाडीमा आगजनी भएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : २१ बजे