९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो



नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरूको परामर्शअनुसार थप उपचारका लागि उनलाई श्री एयरलाइन्सको विमानबाट भारत पठाइएको हो ।

सुविधासम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएपछि सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको हो ।

बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ । सांसद भण्डारीको करिब ३० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ०३ बजे