९ असार २०८२, सोमबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सांसद भण्डारीको दुवै खट्टामा सर्जरी



बुधबार राती घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका कांग्रेस नेता तथा सदस्य डा. चन्द्र भण्डारीको दुबै खुट्टाको सर्जरी सम्पन्न भएको छ ।भारतको मुम्बईस्थित नेसन बर्न्स सेन्टरमा उपचाररत भण्डारीको दुबै खुट्टाको सर्जरी सम्पन्न भएको अस्पतालमा रहेका उनका सहयोगी योगराज कँडेल जनाएका छन् ।

पहिलो पटकको सर्जरी सफलतापूर्वक सम्पन्न भएको र पुनः अर्को सर्जरी गरिएको मुख्य सर्जन डा. सुनिल केसवानीको भनाइ छ । उनको दायाँ खुट्टामा एकदमै डिप ईन्जरी रहेको कारण सोचेभन्दा धेरै समय सर्जरीमा लागेको भन्दै बायाँ खुट्टा माईल्ड रहेको कँडेलले फेसबुकमा लेखेका छन् । सांसद भण्डारीकी आमाको हिजै निधन भैसकेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ३६ बजे