९ असार २०८२, सोमबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



डोटीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआई गाउँपालिका १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा केआईसिंह गाउँपालिका १ डुम्रा कोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धन बहादुर तिरुवाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा केआइसिंह गाउँपालिका १ डुम्रा कोटका २७ वर्षीय तेज तिरुवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै डुम्रा कोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरूलाई उद्धार पछि घर पठाइएको छ भने गम्भीर घाइतेहरूको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार यात्रुहरू शुक्रवार मात्रै भारतबाट आएका थिए । गाडी रिजर्भ गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जिप दुर्घटना भएको हो । शुक्रवार राति ११ः३० बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ८ : ०६ बजे