३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी


व्यवसायी दुर्गा प्रसाईँबाट एमाले परित्याग



मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका छन् ।

प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेसंगै राजनीतिक चर्चामा आएका थिए । त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस समेत गरेको थियो ।

पार्टीले कारबाहीको निर्णय नगर्दै उनले पार्टी परित्याग गरेको बताएका हुन् । उनी हरेक समय चर्चामै रही रहने राजनीतिक पात्र हुन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : १२ बजे