२८ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सबै जिम्मा प्रचण्डलाई



नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सबै जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो ।

आइतबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग प्रचण्डले राष्ट्रपतिबारे पार्टीको पदाधिकारी बैठकबाट निर्णय गर्ने बताएका थिए । तर बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अधिकार प्रचण्डलाई दिएको छ ।

यस्तै बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, संविधानको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पनि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ५१ बजे