२८ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रपतिबाट पर्वतको जलजलामा कुल मन्दिर उद्घाटन



राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन गर्नुभएको छ । भण्डारीका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागीलगायत व्यक्तिहरू आउनुभएको हो ।

पर्यटकीय सम्भावनायुक्त क्षेत्र वराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगामी दिनमा महत्त्व बढेर जाने अपेक्षा गरिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

बराह तालको बीच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल वराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् ।

करिब डेढ करोड रुपियाँ खर्च भएको मन्दिर पुनर्निर्माणमा रवीन्द्रजङ्ग लामिछानेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा रहेको वराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल छन् ।

साथै, राष्ट्रपति भण्डारीले धार्मिक एवम् पौराणिक महत्त्वको क्षेत्र हम्पाल कालञ्जरको हेलिकोप्टरबाट अवलोकन गर्नुभयो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ४० बजे