९ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णाली


१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाने



हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने छ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सन्चालन भएको हो ।

दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तालिमप्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राख औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने स्थानमा गएर औषधि खान मन्त्रालयले अनुरोध गरेको छ ।

औषधि सेवनले हाम्रो शरीरमा हात्तीपाइले रोगको परजीवि भए नस्ट गर्ने र हात्तीपाइले रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निन्छ र मानिसको ज्यान पनि जानसक्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : ४३ बजे