२२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद‍्मा दर्ता हुने



मन्त्रीपरिषद्को बैठकले संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय भएको छ । बुधबार बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो विधेयकलाई फाष्ट ट्रयाकमा पास गर्नेगरी अगाडि बढाउने निर्णय गरेको हो ।
यसअघिको सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेजपछि कानुनी जटिलताका कारण संवैधानिक परिषद्को बैठक बस्न समेत समस्या परेको थियो ।

परिषद् निष्क्रिय हुँदा प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न समस्या परेको छ ।

तत्कालीन केपी ओली प्रधानमन्त्री रहेको सरकारले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ अध्यादेश मार्फत पटक पटक संशोधन गर्दै जारी गरेको थियो ।

सो अध्यादेशमा ३ जनामात्र उपस्थित भएपनि बैठकका लागि कोरम पुग्ने व्यवस्था गरेका कारण चर्को आलोचना भएको थियो भने सो अध्यादेशलाई प्रतिनिधिसभाले पारित नगरेपछि निष्क्रिय भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : ५८ बजे