२९ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नायिका पनाह अधिकारीको अपिल, महासचिवमा मतदान गरी विजयी बनाउनुहोस्



नेपाल चलचित्र कलाकार संघकी वर्तमान सचिव पनाह अधिकारीले सम्पूर्ण सदस्यज्यूहरु मतदान गर्न अपिल गरेकी छन् । नायिका अधिकारीले आउँदो चैत ४ गते हुने नेपाल चलचित्र कलाकार संघको महासचिबको पदमा मैले एजेन्डा सहित आफ्नो उम्मेदवारी घोषणाले गरेको भन्दै पुनः सबैकम सघाउन अपिल गरेकी हुन ।

उनले सामाजिक सञ्जाल मार्फत यहाँहरुले दिनु भएको सुझाब सल्लाह र साथ समर्थनले मेरो हौसला अझ बढेको छ भन्दै हाल सचिवको रुपमा रहेर काम गरेको अनुभवको आधारमा मेरो जाने ठाउँ पनि महासचिब नै हो भन्ने कुरा अग्रज देखि समकालिन कलाकार साथीहरुले समर्थन गरेर मलाई थप प्रेरण दिईरहनु भएकोमा मलाई अझै उर्जा मिलेको छ भन्दै लेखेकी छन् ।

त्यसैले महासचिब पदमा मलाई धेरै भन्दा धेरै मत दिएर बिजयी बनाउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएकोछु । फेरी पनि यहाँहरुको समर्थनसँगै साथ र सहयोग प्रति अत्यन्त आभारी छु । अधिकारीले कोरोना महामारीको समयमा समेत यस क्षेत्रमा लागेर समस्यामा परेकाहरुलाई सहयोगको लागि निरन्तर लागेको, आफ्नो जिम्मेवारीलाई सदैव पुरा गरेको समकालिन साथीहरुले समेत बताउदै आएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ४८ बजे