३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मुलुुकलाई थप अस्थिर बनाउने निर्णय : एमाले



सात दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै नेकपा एमाले राज्यमा थप अस्थिरता आउने बताएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव पारित भएसँगै एमाले यस्तो प्रतिक्रिया दिएको हो ।

एमालेले यसलाई राजनीतिक दाउपेच भित्रको ‘छक्कापञ्जा’ को संज्ञा दिँदै नयाँ सहमतिले थप राजनीतिक अस्थिरता निम्तने जिकिर गरेको छ ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार चयन हुनु राजनीतिक दाउपेच भित्रको छक्कापञ्जा भएको प्रतिक्रिया दिए ।

उनले यो निर्णय नेपाल राज्यलाई थप अस्थिर बनाउने निर्णय भएको प्रतिक्रिया दिएका छन् ।
यो निर्णय गरेर कतिपय नेताहरुले आफ्ना निम्ति राजनीति भनेको खाली दाउपेच, छक्कापन्जा र स्वार्थको लेनदेनको प्रमाणित गर्नुभएको छ। हामीले भोली बिहान संस्थागत निर्णयका लागि केन्द्रीय सचिवालयको बैठक बसेर निर्णय गार्छौं।’

उनले एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने बताए। सचिवालयको बैठकबाट कसरी अगाडी बढ्नेबारे थप निर्णय गर्ने उनको भनाइ छ । पुस १० मा तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनलाई तुहाउन सफल एमाले ६१ दिनपछि गठबन्धन बचाइराख्न असफल भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ५५ बजे