८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमाले सरकारबाट बाहिरिने तयारी



राष्ट्रपति पद आफूले नपाउने भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पद नपाउने भएपछि बाहिरीने जानकारी गराएका हुन ।

शुक्रबार दिउँसो दुई नेताबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने स्पष्ट पारेका बैठकमा सहभागी नेताले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमति अनुसार राष्ट्रपति पद नपाए भोलि नै सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

सम्भवतः भोलि नै एमाले सरकारबाट बाहिरिन सक्ने संकेत एमालेले दिएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठुलो चिन्ता रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे शनिबारको बैठकले निर्णय गर्ने बताई सकेका छन् ।

सरकारमा रहेका अन्य दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने प्रधानमन्त्रीले भोलि बिहान नै निर्णायक छलफल गर्ने भएको छ ।

बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । एमाले केन्द्रसहित प्रदेशका ६ वटा सरकारमा सहभागी छ । त्यसमध्ये ३ वटा प्रदेशमा सरकारकै नेतृत्व एमालेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ३१ बजे