२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


आज उपत्यकाका केही स्थानमा पानी पर्ने सम्भावना



आज काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन । चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको जनाएको छ ।

मौसमविद् बिनु महर्जनले बागमती प्रदेशअन्तर्गत आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको जानकारी दिइन्। ‘काठमाडौँमा पनि त्यस्तो ठूलो त होइन, छिटफुट वर्षाको सम्भावना छ’, उनले भनिन्।

त्यस्तै आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ। बुलेटिनअनुसार राति पनि प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यतिबेला ९शनिबार बिहान० भने प्रदेश नं १ , मधेश प्रदेश बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली ९आकाशमा थोरै बादल० छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

यसैबीच आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस रहेको मौसमविद् महर्जनले जानकारी दिइन्। तर यो अहिले बिहान ८ः४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला देशका अन्य स्टेसनका न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ। राजधानीमा असोज यता पानी परेको छैन । जसका कारण हिउँदे बालीको उत्पादनमा कमि आएको भन्दै कृषक चिन्तित बनेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ०६ बजे