२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रपतिमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता



नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उपाध्यक्ष नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको छ ।

उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष ओलीलगायतका नेताहरू बानेश्वर पुग्नुभएको थियो । आजै बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारी बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : ३५ बजे