नुवाकोटको बेलकोटगढि नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरि शाखाको आयोजनामा ूजेष्ठनागरिकसंग मेयर भन्नेू कार्यक्रममा सुरु भएको छ । सो कार्यक्रम अन्तर्गत बेलकोटगढि वडा नम्बर ३ का २ सय २० जना जेष्ठनागरिकलाई सम्मान तथा स्वास्थ जाँच गरि उनीहरुलाई आत्यावश्यक पर्ने जिन्सि सामाग्रीहरु हट ब्याग, हर्लिक्स, बल्याङकेट, पछयौरालगायत वितरण गरिएको हो ।
७ सय भन्दा बढीको स्वास्थ परिक्षण गरिएको थियो । साथै बाध्य बाधनका सामाग्रीहरु हार्मानियम, मादल, तबलालगायत जेष्ठ नागरिक दिवा सेवाका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा बेलकोटगढि नगरपालिका नगर प्रमुख जगतजंग गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अथिति संघीय सांसद बिमला सुवेदी बिशेष अथिति बेलकोटगढि नगर प्रशासन प्रमुख शुर्य दर्शन पण्डित धुनिबेशि नगरपालिकाको प्रवक्ता एवम् वडा नम्बर ६ अध्यक्ष रमेश प्रसाद आचार्यलगयत वडा अध्यक्ष कार्यपालिका सदस्य नगरपालिका कर्मचारी, स्थानीय नागरिकको उपस्थिति रहेको थियो । कार्यक्रममा देब नाथ पुडासैनीको अध्यक्षतामा ११ सदस्यीय जेष्ठ नागरिक दिवा सेवा केन्द्र समेत स्थापना भएको छ ।
प्रतिक्रिया