८ असार २०८२, आइतबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


विद्यालय वार्षिकोत्सबको अवसर पारेर जिरीमा भलिवल प्रतियोगिता सम्पन्न



गर्जाङढुङगा माध्यमिक विद्यालय जिरी नगरपालिका वडा नम्बर १ श्यामा दोलखाको ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सो अवसरमा आयोजित जिरी नपा साविक गाबिस भित्रका शिक्षकहरुको भलिबल प्रतियोगितामा साविक माली गाविसको टिम बौद्धभुवानेश्वरी मावि जिरी नपा २ माली यलुङ दोलखाको टिमले रोचक प्रतिस्पर्धाका साथ प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा दोश्रो स्थान साविक ठुलोपातल ए र तेश्रो स्थान साविक ठुलोपातलकै टिम वि ले हात पारेको छ ।

यसै विद्यालयमा भोलीबाट सुरु हुने दोलखा जिल्ला स्तरीय अन्तर मा.वि छात्र भलिबल प्रतियोगितामा सुरु हुदैछ । १७ गते सम्पन्न हुने गर्जाङढुङगा माध्यमिक विद्यालय जिरी नपा १ श्यामा दोलखाको ६२औं वार्षिकोत्सब तथा अभिभावक दिवसको पुर्ण सफलता शुभकामना समेत गरिएको छ । ग्रमीण क्षेत्रमा भलिवललाई विशेष महत्वका साथ लिने गरिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ४१ बजे