३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फलेवास नगरपालिकामा बृहत स्वास्थ्य शिविर



लायन्स क्लब अफ काठमाडौ देउराली दियालोको आयोजना र धुलिखेल अस्पताल फलेवास, नेपाल भारत मैत्री अस्पताल तथा हिमालय आखा अस्पतालको प्राबिधिक सहयोगमा दुई दिने स्वास्थ्य शिविर आयोजना भएको छ ।
शिविरको उद्घाटन गर्नुहुदै नगरप्रमुख गंङाधर तिवारीले उपचारको लागि सुबिधासम्पन्न अस्पतालमा जान नसक्ने आमाबुवा, दिदीबैनी तथा दाजुभाइहरुको लागि यो शिविर अत्त्यन्तै उपयोगी हुने बताउनुभयो । आयोजक तथा सहयोगिहरुलाइ धन्यबाद ज्ञापन गर्नुहुदै नगरप्रमुख तिवारीले यस्ताखालका कार्यक्रमहरुलाइ नगरले पनि प्रोत्साहन र सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय समाज्सेवी भोला लम्सालले आफुले निकै कसरत गरेको कारण यो शिविर ल्याउन सफल भएको बताउदै आगामी दिनमा पनि यस्तै कार्यक्रमको माग भए ल्याउन सकिने बताउनुभयो । कार्यक्रममा फलेवास नगर उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रवक्ता अच्युत तिवारी लगायत वडा अध्यक्षहरुको सहभागिता थियोे । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौ देउराली दियालोका अध्यक्ष इन्द्र केसीले गर्नुभएको थियो । २ दिने शिविरमा फलेवासका करिव एक हजार सर्वसाधारणले सेवा लिने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : ४७ बजे