रामकृष्ण घिमिरे । १२ र १३ गते तनहुँको मेरो गाउँघर भानुनगर पालिकाको वडा नं १२,रतन्पुरको अवलोकन गरे । मेरो जग्गामा घुमेर हेरे,छिमेकीहरूको हेरे बाझै छन् ,खेती गर्ने मान्छे छैनन् ,झाडीले एक गाउबाट अर्को गाउ जान धौ धौ रहेछ । खेतीवाली र बाख्रा पालनमा बादर र बाघको अतिक्रमण पनि देखे । यहा डा बिष्णुहरि पण्डित र नेत्र कुमारी अर्याल पण्डित ज्युको पहलबाट कृषि वन प्रणाली अपनाएर विभिन्न प्रजातिका बोट विरूवा कफि,केरा,पाउलोनिया रोपण,तेजपात रोपणबाट समुदायमा अायआर्जनको पहल गर्नु भएको छ । यसबाट आम्दानी उन्मुख भएको छ । समुदायमा श्रम गर्ने ग्रुप पलाएन भएर गाउमा छैनन् अलि अलि भएका बुढापाका र केही गृहणीहरू आफ्नै गृहस्ताश्रममा लुटुपुटु गरि रहेका छन् । बायोकल्चर भिलेज नाम रतन्पुर गाउले पाएको रहेछ तर लम्जुङको घलेगाउले जसरी एसियाको नमुना गाउ,स्मार्ट भिलेज,हेपि भिलेजको उपाधि पाएको छ यहाका गाउलेले मापदण्ड बमोजिम काम गरेर मिहेनत गरेर साख जोगाएका छन् ।
उसै गरि रतन्पुरले कृषि वन प्रणाली र बायोकल्चर भिलेजको मापदण्ड पुरा गर्न सके बाह्य र आन्तरिक पर्यटक आउने,उत्पादित बस्तुले बजार पाएर आर्थिक उन्नति हुने देखिन्छ ।यसका लागि सवैको सकारात्मक सोच हुन पर्छ,काममा प्रतिवद्द भएर लाग्न पर्छ ,परियोजना र समुदाय सगै बसेर बिष्लेषण गरेर योजना बनाउन पर्छ अनि काम गर्न पर्छ अनिमात्र परियोजना सफल हुन्छ । पर निर्भरता बढ्यो भने यी कुनै काम सफल पनि हुन्न नाम पनि रहन्न आत्मनिर्भरताका लागि सवै मिलेर लाग्नै पर्छ । अरूले गरेको विकासमा हामी रमाउछौ यो गलत छ हामी आफुले विकास गरेर रमाउने काम गरौ । अर्कालाइ दोष दिने वानीको विकास गरौ । सुझाव सल्लाहाका लागि स्वागत छ है …
प्रतिक्रिया